शेख हसिना लगातार तेस्रो कार्यकालका लागी प्रधानमन्त्री , सोमबार शपथ ग्रहण गर्दै

आजको खबर   |    प्रकाशित : २०७५ पुष २२ गते १५:२५

ढाका। बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिएकी छिन्। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री हुन भएकी हुन् ।

शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको सपध पनि पनि सोमबार नै हुन्छ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन् । प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ ।

यसैबिच , जातीय औक्या फ्रन्टले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । मुख्य प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० र यसको गठबन्धनले चुनावी परिणाम अस्वीकार गर्नुका साथै स्वतन्त्र सरकारको नेतृत्वमा नयाँ निर्वाचन गराउन माग गरेको छ । बंगलादेशको नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ ।

२०७५ पुष २२ गते १५:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर