प्रतिलिटर १० रुपैयाँ घट्यो आन्तरिक हवाई इन्धनको मूल्य

आजको खबर   |    प्रकाशित : २०७५ पुष २६ गते ११:२५

काठमाडौँ । नेपाल आयल निगमले आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य घटाएको छ।

निगमले आज राति १२ बजेबाट लागु हुनेगरी आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएको हो।

नयाँ मूल्य अनुसार अब आन्तरिक उडानका हवाई इन्धनको मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा हुने भएको छ। यसअघि उक्त इन्धनको मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा रहेको थियो।

यसअघि आयल निगमको ४९ औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले दुर्गम भोगका मानिसलाई जहाजमा यात्रा गर्दा निकै मर्का परेको भन्दै इन्धनको मूल्य घटाउने घोषणा गरेका थिए।

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानले भाडा पनि घटाउने मन्त्री यादवको अपेक्षा छ।

२०७५ पुष २६ गते ११:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर