कांग्रेसमा संस्थापन पक्ष रक्षात्मक, संस्थापन इतर पक्ष आक्रामक

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १२ गते २:४१

काठमाडौं। संगठन सुदृढिकरण र सरकारका गलत कामको खबरदारी गर्न भन्दै गत बैशाख २५ देखि सुरु गरिएको एक महिना राष्ट्रिय जागरण अभियानलाई कांग्रेस नेताहरुले आफू अनुकुल प्रयोग गर्न थालेका छन्।

यसअघि फरकफरक अभिव्यक्ति दिँदै आएका नेताहरूले अभियानका क्रममा ‘साझा र संगठित एउटै आवाज’ बोल्ने भनिए पनि गुटबन्दीमा रमाउँदै आएका नेताहरूले मञ्चलाई पार्टी नेतृत्वविरुद्ध उपयोग गरेको आरोप पार्टीभित्र लाग्न थालेको छ। पार्टीले जागरण अभियानले आन्तरिक गुटबन्दी मत्थर गर्ने अपेक्षा राखेको भए पनि संस्थापन इतर समूहका नेताहरू जागरण अभियानका कार्यक्रमहरूलाई आगामी महाधिवेशन केन्द्रित गरेर जिल्लास्तरीय नेता–कार्यकर्तासमक्ष प्रस्तुत हुँदै आएका छन्। संस्थापन पक्षका नेताहरू पनि जवाफ दिन थालेका छन्।

पार्टीले आमजनतालाई सरकारले गरिरहेका संविधान र संघीयताविरोधी गतिविधिबारे जानकारी दिँदै जनस्तरमा खस्किएको पार्टीको शाख फिर्ता गराउने लक्ष्य राखेर ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ।

जागरण अभियानमा सस्थापन इतर पक्ष आक्रामक हुँदा संस्थापन पक्ष भने रक्षात्मक बनेको छ। संस्थापन इतर पक्षले  पार्टीभित्र बोल्न आलोचना गर्न पाउने हक कुण्ठित हुँदै गएको, आन्तरिक गुटबन्धीले पार्टीलाई कमजोर बनाएको महाधिवेशन भएको तीन वर्ष पूरा भइसक्दासमेत पार्टीका विभाग गठन गर्न नसकेको भन्दै सभापतिको चर्को आलोचना हुने गरेको

एक महिनासम्म जिल्लामा बसेर पार्टीले दिएको जिम्मेवारीअनुसार जागरण अभियान सफल पार्न पार्टीले उनीहरूलाई सम्पादन गर्नुपर्ने कार्यसूचीसहित म्याण्डेट पनि दिएको छ । तर, जिल्लाजिल्लामा खटाएका संस्थापन इतर समूहमा आबद्ध केन्द्रीय सदस्यहरू भने जागरण अभियानका क्रममा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध जनमत सिर्जना गर्न भरपूर प्रयासरत देखिन्छन् ।

यसरी सभापति देउवाविरुद्ध पार्टीभित्रै जनमत सिर्जना गर्ने अग्रपंक्तिमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला र प्रकाशमान सिंह देखिएका छन्। उनीहरू गएको प्रतनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै सभापति देउवाविरुद्ध कडारूपमा प्रस्तुत हुँदै आएका थिए। स्रोतका अनुसार सभापति देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच पछिल्लो समय बोलचालसमेत छैन।

यतिबेला संस्थापन इतर पक्षबाट डा. शेखर कोइरालालाई आगामी चौधौं महाधिवेशनमा सभापतिको उम्मेद्वार बनाउन नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह गगन थापा, डा. रामशरण महतलगायतका नेता सक्रिय छन्। उनीहरु जसरी पनि १४ औं महाधिवेशनपछि कांग्रेसको नेतृत्व कोइराला परिवारमा फर्काउन चाहन्छन्। त्यसैलाई लक्षित गर्दै उनीहरुले जानगरण अभियानका क्रममा संस्थापन पक्षको विरोध गर्दै कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन्।

जागरण अभियानका क्रममा संस्थापन इतरपक्षधरका नेताहरुले सभापति देउवाकै कारण पार्टी संगठन बिग्रँदै गएको आरोप लगाउन थालेका छन्। अझ शेखर कोइरालाले त सभापति देउवाले जबरजस्तीरूपमा अधिवेशन सार्न खोजिरहेको आरोप लगाउने गरेका छन्। कांग्रेसको विधानमा निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षे हुने र असामान्य अवस्था आएको खण्डमा एक वर्ष थप गर्न सक्ने प्रावधान छ।

जागरण अभियानमा सस्थापन इतर पक्ष आक्रामक हुँदा संस्थापन पक्ष भने रक्षात्मक बनेको छ। संस्थापन इतर पक्षले  पार्टीभित्र बोल्न र आलोचना गर्न पाउने हक कुण्ठित हुँदै गएको, आन्तरिक गुटबन्धीले पार्टीलाई कमजोर बनाएको र महाधिवेशन भएको तीन वर्ष पूरा भइसक्दासमेत पार्टीका विभाग गठन गर्न नसकेको भन्दै सभापतिको चर्को आलोचना हुने गरेको छ।

कांग्रेसले जागरण अभियानका क्रममा महासमिति बैठकबाट पारित नीति तथा कार्यक्रम स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीभित्र एकता वृद्धिका लागि पार्टी सुदृढीकरणका गतिविधि अघि बढाउँदै जागरण अभिवृद्धि गर्ने, कांग्रेसको नेतृत्वमा प्राप्त राजनीतिक उपलब्धि सम्प्रेषण गर्ने, वर्तमान सरकारका जनविरोधी क्रियाकलाप आम नागरिकमा प्रस्ट्याउने, पार्टीलाई जनताको हितमा थप समर्पित गराउनेलगायत १५ वटा उद्देश्य राखेको छ।

 

२०७६ जेठ १२ गते २:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर