आजको मौसम : कहाँ कहाँ पर्दैछ पानी ?

आजको खबर   |    प्रकाशित : २०७६ असार १० गते ६:५१

काठमाडौं । आज (मंगलबार) देशको मध्य र पश्चिमी क्षेत्रहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी तथा मध्य भू–भागका केही स्थानहरुमा सामान्य बदली भइ वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखका अनुसार रातिको देशको मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमका भू–भागमा सामान्य बदली भइ पुर्व र पश्चिमका केही स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज साँझपख पनि देशको मध्य भूभागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमका भूभागमा सामान्य बदली भइ  पुर्व र पश्चिमका केहि स्थानहरुमा साथै मध्यका  केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

२०७६ असार १० गते ६:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर