एकहप्ता देशभर भारी वर्षा हुने, तटीय क्षेत्रमा सर्तक रहन आग्रह

आजको खबर   |    प्रकाशित : २०७६ असार १३ गते १३:२४

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै आगामी हप्ता देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । आगामी एक हप्ताको मौसमी पूर्वानुमान सार्वजनिक गर्दै महाशाखाले देशैभर हप्ताभरी मेघगर्जनसहित वर्षा हुने अनुमान गरेको हो ।

लगातार वर्षा हुने भएपछि खहरे खोलाहरुमा बाढी आउने भन्दै तटीय क्षेत्रमा सचेत रहनसमेत आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार राति देशको मध्य र पूर्वी भू–भागमा सामान्य बदलि तथा पश्चिमि भू–भागमा आंशिकदेखि सामान्य बदलि भई पूर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

यस्तै शनिबार दिउँसो देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदलि तथा पश्चिमि भू–भागमा आंशिकदेखि सामान्य बदलि भर्इ पूर्ब र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

यस्तै शनिबार राति देशको मध्य र पूर्वी भू–भागमा सामान्य बदलि तथा पश्चिमि भू–भागमा आंशिक बदलि भर्इ पूर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

यस्तै आइतवार दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि भई पूर्ब र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

आइतबार राति देशको मध्य र पूर्वी भू–भागमा सामान्य बदलि तथा पश्चिमि भू–भागमा आंशिक बदलि भइ पूर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

२०७६ असार १३ गते १३:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर