राष्ट्रिय धान दिवसको अवसरमा हिले दौड : सोनी र विकासलाई उपाधि

आजको खबर   |    प्रकाशित : २०७६ असार १५ गते १५:२९

धादिङ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा विर्ताबँसीमा खुल्ला हिलेदौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनीबेसीका रसिला तामाङ द्वितीय र ललितपुरका निरजला ताम्राकार तृतीय हुनुभएको छ । यसैगरी पुरुषतर्फ सङ्खुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगञ्गका खिमबहादुर खत्री तृतीय हुनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ५० हजार, रु ३० हजार र रु २० हजारसहित सिल्ड र कप प्रदान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले तीन सय मिटर हिलो खेतमा दौड प्रतियोगितामा भाग लिनेलाई पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा हिलोतर्फ २३ जना महिला र ८२ जना पुरुषले सहभागिता जनाएका थिए । जसमा एक जना विदेशी नागरिकसमेत रहेका थिए । राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान सङ्घका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा पञ्जबाजासहित दही चिउरा खुवाएर कार्यक्रम सम्पन्न गरिएको थियो ।(रासस)

२०७६ असार १५ गते १५:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर