सयौं दनक खाए पनि बोल्न छोड्दिन :सञ्चारमन्त्री बास्कोटा

आजको खबर   |    प्रकाशित : २०७६ असार १६ गते ८:२०

काठमाडौं। पछिल्लो समय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा विभिन्न विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गर्छन्। केही दिन अघि मात्रै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले गुठी प्रथालाई सामन्तबाद भनेपछि, काठमाडौंमा बृहत प्रदर्शन भयो।

बिहीबारमात्रै मन्त्री बास्कोटाले बलिउडको प्रख्यात ‘इन्रनेसनल इन्डिया फिल्म अवार्ड – २०१९’ आईफा नेपालमा हुने जानकारी गराएका थिए। जसको अहिले सर्वत्र विरोध भैरहेको छ। मन्त्रिपरिषद्को निर्णय सुनाउँदा पनि आफूले नै दनक खाइरहेको भन्दै मन्त्री बास्कोटाले अब सयौं दनक खाए पनि आफू बोल्न नछोड्ने बताए।

सोमबार चलचित्र बिकास बोर्डको १९औं बार्षिक उत्सवको अवसरमा बोल्दै मन्त्री बास्कोटाले सरकारसँग हातेमालो गरेर सहयोग गर्नुको सट्टा सरकारको खुट्टा तान्ने काम मात्रै भइरहेको भन्दै आक्रोशित भए।

आईफा अवार्डका लागि ‘सरकारले सुका ७ आना दिएको छैन’

सरकारले नेपालमा हुने भनिएको बलिउड अवार्ड आईफाका लागि १ अर्ब लगानी गर्ने भनेर समाचार बाहिर आइरहेका बेला मन्त्री बास्कोटाले सरकार यसमा संलग्न नरहेको जानकारी दिए। उ

नले भने, ‘आईफा अवार्डका लागि सरकारले १ अर्ब रकम छुट्याएको भन्ने समाचार आएको देखे, म सबैलाई भन्न चाहन्छु सरकारले यस कार्यक्रमका लागि सुका ७ आना दिएको छैन। सरकारसँग कार्यक्रम गर्नका लागि स्विकृति माग्न आएकाले स्विकृति दिएको मात्रै हो।’

उनले अगाडि भने, ‘कोही नेपालमा आएर आईफा जस्तो कार्यक्रम गर्छु भन्छ भने गर्न दिनुस्, त्यसबाट हामीले पनि केही सिक्छौं, हाम्रा कार्यक्रम पनि बाहिर गएर गर्न सजिलो हुन्छ । यस्तै महानगरपालिकाले केही सहयोग गर्छु भन्छ भने गर्नदिनुस्।’ आइफा अवार्ड अगष्ट महिनामा नेपाल आर्मीको मुख्यालयमा रहेको ग्राउन्डमा हुने भनिएको छ। कार्यक्रममा सेलिब्रेटिसँगै उनका सहयोगी गरेर ६ सय जानाको हाराहारीमा पाहुना आउने बताइएको छ।
बालाजुको जग्गा खोई? 
मन्त्री बास्कोटाले बालाजु औधोगिक क्षेत्रमा रहेको ‘नेपाल फिल्म डेभलोपमेन्ट कमिटी’ एनएफडीसीको जग्गा खोई ? भन्दै प्रश्न गरेका छन्। कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले बालाजुको २७ आना जग्गा मिचिएकोमा त्यसलाई फिर्ता ल्याएर आधुनिक स्टुडियो निर्माण गर्ने बताए।

उनले भने, ‘बालाजुको २७ आना जग्गा बेपत्ता पारिएको छ, त्यस विषयमा कसैले बोल्नसमेत सकेका छैनन् । अब मैले ठोकुवा गरे त्यो जग्गा मैले फिर्ता ल्याउँछु र त्यसमा आधुनिक स्टुडियो निर्माण गर्छु। बार्षिकोत्सव कर्यक्रममा अग्रज स्रष्टा, कलाकार तथा चलचित्र विकास बोर्डका उत्कृष्ट कर्मचारीलाई सम्मानसमेत गरिएको थियो।

२०७६ असार १६ गते ८:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर