पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते २:४५

सल्यान । सल्यानमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ ।

बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उनका दुई छोरी एक छोराको पुरिएर मृत्यु भएको हो ।

पहिरोमा परी मृत्यु हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ ।

बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको बताईएको छ । आइतबार साँझ करिब साढे पाँच बजेतिर पहिरोले घरको भित्ता भत्काएर बालबालिकालाई पुरे पनि सोमबार बिहान करिब साढे ७ बजेतिरमात्रै शव फेला पारिएको थियो ।

पहिरोमा परी घाइते भएर बेहोस भएका बाबुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।

२०७५ भदौ १८ गते २:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर