प्रतिपक्षी दलको विरोधपछि संसद् बैठक स्थगित

आजको खबर   |    प्रकाशित : २०७६ असार २४ गते ८:०१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसद्हरुले संसद बैठक अवरुद्ध गरेपछि सभामुख कृष्ण बहादुर महराले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीमा घटना भएको जानकारी गराएका थिए ।

विप्लब समुहका कार्यकर्ताले सर्लाहीको लावबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासो पछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित समुह र विप्लब समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको समुहबीच जम्काभेट हुदा पौडेल समुहको तर्फबाट फायरिङ भएको र जवाफी फायरिङको क्रममा कुमार पौडेलको मृत्यु भएको गृहमन्त्री थापाले बताएका थिए ।

२०७६ असार २४ गते ८:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर