विदेशी लिग खेल्ने तेस्रो क्रिकेटर बन्दै पारस, अबु धाबीबाट टि १० लिग खेल्दै

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ८ गते २:०९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले टि–१० लिग खेल्ने भएका छन् ।

हालै कप्तानीबाट राजिनामा दिएका पारसले टिम अबु धाबीबाट टि–१० लिग खेल्ने भएका छन् । टि–१० को अफिसियल ट्वीटर र फेसबुक पेजले पारसलाई टिममा राखेको जनाएको छ ।

पारस १० हजार डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् । पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् । यस्तै टि–१० पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।

आबु धाबीमा इंग्ल्याण्डका मोइन अली, पाकिस्तानका मोहम्मद आमिर लगायतका खेलाडी रहेका छन् ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टि–१० लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यो सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् ।

आबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ ।

२०७६ कार्तिक ८ गते २:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर