राष्ट्रपतिसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक २० गते १:४४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५र७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक कार्यप्रगति, भावी कार्यक्रम, बजेट, संस्थागत संरचना, जनशक्तिलगायतका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो ।

नेपालको संविधानको धारा २६३ मा नेपालमा एक थारु आयोग रहने व्यवस्था छ । वर्तमान अध्यक्ष चौधरीको अध्यक्षतामा विसं २०७५ चैत ७ गते आयोगको गठन भएको थियो ।

गठनपछि आयोगले संवैधानिक व्यवस्थाअनुरूप समावेशी र समानुपातिक सिद्धान्त कार्यान्वयन गर्ने सन्दर्भमा थारु समुदायको हकहित र अधिकारका लागि समुदायबीचमा अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्दै आएको छ ।

मुलुकको तराईरमधेशका २४ जिल्लामा थारु समुदायको बाक्लो बसोबास रहिआएको छ । नेपालमा थारु समुदायको जनसङ्ख्या १७ लाख ३७ हजार रहेको आयोगले जनाएको छ । रासस

२०७६ कार्तिक २० गते १:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर