नेपालसँग श्रम सम्झौता गर्न मलेसिया ‘इच्छुक’

आजको खबर   |    प्रकाशित : २०७५ असार १३ गते ५:१३

बीबीसी । नेपालको प्रस्ताव अनुसार श्रम सम्झौता गर्न मलेसिया इच्छुक देखिएको अधिकारीहरूले बताएका छन्। कामदारसँग अवैध रुपमा अतिरिक्त शुल्क उठाउने विषयमा विवाद हुँदा अहिले मलेसियामा कामदार पठाउने काम ठप्प छ।

रेमिट्यान्स लगायतका क्षेत्रमा त्यसको असर पर्न थालेको भन्दै चिन्ता व्यक्त भएका छन्। भिसा शुल्क र स्वास्थ्य परीक्षण गर्ने नाममा अवैध रुपमा अतिरिक्त शुल्क उठाउने संस्थाविरुद्ध कारबाही थालिएपछि त्यसले अपेक्षित परिणाम ल्याउन थालेको अधिकारीहरुले बताएका छन्।

लामो समयदेखि हुन नसकेको श्रम सम्झौता गरी नेपाली कामदारसम्बन्धी विवादको स्थायी समाधान खोज्न लागिएको श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहालले बताए।

उनले भने, श्रम सम्झौता गर्न मलेसिया सरकार इच्छुक रहेको कुरा उनीहरूले अनौपचारिक रुपमा हामीलाई बताएका छन्। त्यसैले आगामी दिनमा वर्तमान समस्याको समाधान गर्ने महत्त्वपूर्ण समाधानको रुपमा यो सम्झौता हुनेछ।

पटक पटक छलफल भए पनि नेपाली रोजगारको प्रमुख गन्तव्यमध्येको एक मलेसियासँग अझै श्रम सम्झौता हुन सकेको छैन।

सम्झौता भए कामदारको न्यूनतम तलब र २४ घण्टे बीमादेखि भिसा शुल्क र स्वास्थ्य परीक्षण जस्ता सबै विषयमा स्पष्टता आउने देखिन्छ।

तर विगत एक महिनादेखि कामदार पठाउने काम रोकिँदा त्यसबाट रोजगारको क्षेत्रमा प्रत्यक्ष असर पर्न थालेको बताइएको छ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धवप्रसाद रिजालले भने, रोजगारी गुम्ने नै भयो। रेमिट्यान्समा असर पर्ने निश्चित छ। हवाई यातायातमा असर परिसक्यो। अहिले नेपाल एयरलायन्सका फ्लाइट काटिइएको छ।

२०७५ असार १३ गते ५:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

One thought on “नेपालसँग श्रम सम्झौता गर्न मलेसिया ‘इच्छुक’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर