सार्वजनिक सवारीको १० प्रतिशत बृद्धि भएको भाडा फिर्ता नलिए आन्दोलन चर्काउने विप्लवको चेतावनी

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते ११:५२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले सार्वजनिक सवारीको १० प्रतिशत मूल्य बृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

अखिल क्रान्तिकारीले आईतबार काठमाडौको प्रर्दशनीमार्गमा प्रर्दशन गर्दे सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत मूल्य बृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको हो ।

यातायात क्षेत्रमा भएको बृद्धिले समग्र उपभोग्य बस्तुको भाउ समेत बढेको र यसले जनतालाई प्रत्यक्ष मारमा पारेको उनीहरुको भनाई छ । त्यस्तै पटक पटक भईरहेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिले मारमा परेको जनताका लागि चाडपर्वका बेला थप मूल्यबृद्धि गरेको क्रान्तिकारीले जनाएको छ ।

उनीहरुले मुलुकमा भईरहेको हत्या हिंसा बलात्कारका घटना नरोकिएको भन्दै सुरक्षा कायम गर्न सरकार चूकेको आरोप लगाएका छन् । आफुहरुले उठाएका मागहरुको उचित तवरले सम्बोधन गर्न सरकार गम्भीर नभए आफुहरुले शसक्त आन्दोलन गर्ने अखिल क्रान्तिकारीका काठमाडौ क्याम्पस जिल्ला अध्यक्ष उषा किरणले बताए । अखिल क्रान्तिकारीले शैक्षिक व्यापारिकरण र भ्रष्टाचार अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने भन्दै नारा लगाएका थिए ।

२०७५ असोज १४ गते ११:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर