धादिङमा ट्रिपर दुर्घटना, ३ जनाको मृत्यु, ३ गम्भीर

आजको खबर   |    प्रकाशित : २०७५ असोज २६ गते १५:५८

काठमाडौँ । धादिङ्गको लामिडाँडामा बा ५ प २४१८ नम्बरको ट्रिपर दुर्घटना हँदा ३ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन्।

धादिङ्गको भिसेनस्थानबाट चक्रमतितर्फ जाँदै गरेको ट्रिपर सडकबाट तल खस्दा तीन जनाको घटनास्थलमै ज्यानगएको हो भने एक बच्चा सहित ३ जना घाईते भएका छन्। मृत्यु हुनेमा थाक्रे १० का ३२ वर्षीय महेश तामाङ, सोही ठाउँका ५० वर्षीया सावित्री तामाङ र ६० वर्षीया सोममाया तामाङ रहेको छन्।

यसैगरी घाईते हुनेमा गटिपर चालक हरेन्द्र तामाङ, टेकबहादुर तामाङ र चारवर्षीया बालिका रहेका छन्। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ। टिपर सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

२०७५ असोज २६ गते १५:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर