जाजरकोट पहिरो : आठ जनाको मृत्यु, एक अझै बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते १४:०४

जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आज बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ। पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ। एक जना अझै बेपत्ता छन्। एक जनाको जीवितै उद्धार गरिएको छ।

भेरी नगरपालिका¬६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ। मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेका छन्। उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो।

उनीहरु सबै भेरी-३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए। त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ। जीवितै उद्धार गरिएका खड्गबहादुर लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। छाती, टाउको र खुट्टामा चोट लागेका लुहारको अवस्था गम्भीर छ।

यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा कुशे-६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियारको शव फेला परिसकेको छ। नलगाड-१ डाँडागाउँका ८ वर्षीय गोविन्द परियारको लाश फेला परेको छैन। पानी परिरहेकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न माग

जाजरकोट निर्वाचित सांसदले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत र घाइतेको उपचार निःशुल्क गर्न माग गरेका छन्।

आजको संसद् बैठकमा बोल्दै सांसदले पहिरोले स्थानीय दुई जनाको घर पुरिँदा नौ जनाको मृत्यु हुनुका साथै केही घाइते भएको भन्दै प्रदेश सरकारका तर्फबाट मृतक परिवारलाई तत्कालीन राहत र घाइतेको उपचार गर्न माग गरेका हुन्।

सांसद गणेशप्रसाद सिंहले जनतालाई प्रदेश सरकारको अनुभूति दिलाउन घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरे। उनले भने, “२४ घण्टाभित्र घटनास्थलमै पुगेर राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यान जाओस्।” सांसद कौशिलावती खत्रीले संसद्मा उठाएका कुराहरुको सम्बोधन नहुने गरेको भन्दै आपत्ति जनाए।

२०७५ साउन २० गते १४:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर