श्रीलंकाको संसद बैठकमा सांसदहरूबिच कुटाकुट(भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २९ गते ११:५०

एजेन्सी। श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबारको संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो ।

बिहीबार संसद बैठकमा राजापाक्षेले आफूलाई ध्वनिमतको आधारमा हटाउने अधिकार सभामुखलाई नभएको बताएका थिए । सभामुख कारु जयसूर्याले मुलुकमा अहिले प्रधानमन्त्री नरहेको बताएका थिए । तर प्रधानमन्त्री महिन्दा राजापाक्षेले यति महत्वपूर्ण विषयमा ध्वनि मतको आधारमा अविश्वास प्रस्तावको निर्णय गर्न नहुने बताएका थिए ।

उनले सभामुखसँग प्रधानमन्त्री र मन्त्रिपरिषदलाई हटाउने अधिकार नभएको पनि बताए । उनले सभामुख एकपक्षीय भएको र आफ्नो पार्टीको अडान देखाएको आरोपसमेत लगाए । राजापाक्षेले अहिलेको समस्याको समाधान गर्ने उचित विकल्प ताजा जनादेशमा जानुपर्ने पनि बताए ।

राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्ततावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने बताएपछि झडप सुरु भएको हो । राजापाक्षेका समर्थकहरु संसद हलको बीचमा भेला भएका थिए । केही सांसदहरु भने सभामुखविरुद्ध नारावाजी गर्दै अगाडि बढेका थिए । त्यस क्रममा ३० भन्दा बढी सांसदहरु आपसमा भिडेका थिए । तीमध्ये केही सांसद कुटपिटबाट भुइँमा समेत ढलेका थिए ।

राजापाक्षे समर्थक केही सांसदले सभामुखलाई पानीको बोतल, किताब आदिले हिर्काएका थिए । राजापाक्षेका विरोधी सांसदहरुले सभामुख कारु जयसूर्यालाई घेरेर सुरक्षा दिएका थिए ।

२०७५ कार्तिक २९ गते ११:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर