अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ९:१२

काठमाडौँ  । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।  भक्तपुरकाे ठिमीमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा खड्का मृत फेला परेका हुन्।

अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले पुष्टि गरेको छ । यसैबीच, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो  । ११ वर्षे खड्कालाई अपहरण गरी उनीहरुले परिवारसँग ४० लाख रुपैयाँ फिरौती मागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।

घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ । बाललको अपहरण भएलगत्तै उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो ।

२०७५ साउन २१ गते ९:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर