टुँडिखेल सानो भयो भन्दै नेकपाले भोली हुने जनसभा भृकुटीमण्डपमा सार्यो
आजको खबर | प्रकाशित : २०७५ मंसिर ७ गते ८:३६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले शनिबार गर्न लागेको आमसभाको स्थान फेरिएको छ।
यसअघि टुँडिखेलको खुलामञ्च गर्ने भनिएको कार्यक्रम ठाउँ कम हुने भन्दै नेकपाले जनसभा प्रदर्शनीमार्ग भृकुटीमण्डपमा गर्ने भएको छ।
खुलामञ्चमा अव्यवस्थित रुपमा बालुवा, गिट्टी थुपारिएका छन्। जनसभामा नेकपाका प्रवत्ता तथा स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने भएका छन्।
सभालाई वामपन्थी नेता सीपी मैनाली, ऋषि कटेल, गोपाल किराँतीलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ।
२०७५ मंसिर ७ गते ८:३६ मा प्रकाशित