कम्बोडियाका प्रधानमन्त्री हुन सेनद्वारा पाटन दरबार क्षेत्रको भ्रमण

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १४ गते ८:२४

ललितपुर, । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आएका उनिसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान मङ्गलबजार पुगेका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गरेका थिए । उनले हिरण्यवर्ण महाविहारमा पूजासमेत गरेका थिए ।

प्रधानमन्त्री सेनको स्वागतका लागि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, विभिन्न वडाका पदाधिकारीलगायत उपस्थित थिए । महानगरपालिका प्रमुख महर्जनले कम्बोडियाका प्रधानमन्त्रीले गरेको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “यहाँ आउनुभएका विशिष्ट पाहुनाले सम्पदाका बारेमा केही जानेर अरुलाई केही बुझाउनुहुनेछ ।” प्रधानमन्त्री सेनले यहाँका सम्पदाका बारेमा उत्सुकतापूर्वक जानकारी लिएको प्रमुख महर्जनले जानकारी दिए ।

२०७५ मंसिर १४ गते ८:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर