‘निशानलाई अपहरणपछि राति नै घाँटी थिचेर मारियो’

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते ०:२७

काठमाडौं । अपहरण पछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको पोष्टमार्टम रिपोर्टले उनलाई अपहरण गरेकै दिन राति घाँटी थिचेर हत्या गरिएको पुष्टि गरेको छ ।

काठमाडौंको काँडाघारीबाट अपहरित बालकको घाँटी थिचेर हत्या गरिएको निष्कर्ष पोष्टमार्टमबाट निस्किएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको देखाएको हो ।

आइतबार साँझ काँडाघारीबाट ११ वर्षीय बालक निशान अपहरणमा परेका थिए । तर, प्रहरीले बालकको खोजी थालेको ८ घण्टा वित्न नपाउँदै बालकको हत्या भएको थियो ।

अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको पुष्टि भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । उनले राति ११ देखि १२ बजेको समयमा बालकको हत्या भएको देखिएको बताए ।

२०७५ साउन २३ गते ०:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर