लागुऔषध ओसारपसारको आरोपमा २१ जनालाई जेल सजाय
आजको खबर | प्रकाशित : २०७५ पुष २५ गते ०:५०
काबुल । लागुऔषध ओसारपसार गरेको आरोपमा अफगानिस्तानको एक अदालतले २१ जनालाई जेल सजायको फैसला गरेको छ ।
लागुऔषधसम्बन्धी मुद्दा हेर्ने एक अदालतले गत सात दिनदेखि चलाइएको १५ वटा लागुऔषधसम्बन्धी मुद्दामा २१ जनाको सहभागीता रहेको ठहर गरेको हो ।
मङ्गलबार जारी विज्ञप्तिमा दोषी ठहरिएका ती व्यक्तिहरूलाई ६ महिनादेखि छ वर्षसम्मको जेल सजाय तोकिएको उल्लेख छ ।
दोषी ठहरिएका व्यक्तिहरूबाट अफगानी प्रहरीले २५६ केजी हिरोइन, ३१ केजी अफिम, १०९ केजी गाँजा, र एक केजी मेटाफेटामिन बरामद गरेको पनि जनाइएको छ ।
२०७५ पुष २५ गते ०:५० मा प्रकाशित