गाडिको ठक्करले अस्ट्रेलियामा एक नेपाली बिद्यार्थीको निधन
आजको खबर | प्रकाशित : २०७५ फागुन २५ गते ६:००
मेलबर्न । अस्ट्रेलियामा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको निधन भएको छ । अध्ययनको शिलशिलामा अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी बनेपाकि निश्मा श्रेष्ठको गाडीले ठक्कर दिंदा ज्यान गएको हो ।
करिब ९ महिनाअघि मेलबर्न आएकी निश्मा मेलबर्नस्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिईन् । उनलाई काम सकेर राति करिब १ बजे घर फर्कदा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिंदा गम्भीर चोट लागेको थियो । तर उपचारकै क्रममा उनको गत मार्च ४ तारिखमा निधन भएको हो।
निधन हुनुअघि उनले अङ्ग दान गर्ने निर्णय गरेकी थिइन् भने उनका आफन्तहरू ७ मार्चमा मेलबर्न आइपुगेपछि मात्र अस्पतालले यो खबर औपचारिक रूपमा जानकारी दिएको थियो ।उनको अन्त्येष्टी मेलबर्नमै गरिने जनाइएको छ ।
२०७५ फागुन २५ गते ६:०० मा प्रकाशित