अधिनायकवाद आएको पुष्टि गरेर देखाउन काँग्रेसलाई प्रधानमन्त्रीको चुनौती

आजको खबर   |    प्रकाशित : २०७५ साउन १२ गते १३:१८

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद आएको पुष्टि गरेर देखाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई चुनौती दिएका छन्।

प्रधानमन्त्री ओलीले काँग्रेसले मुलुकलाई विधिसम्मत ढंगले चल्न नदिएको आरोप समेत लगाए। उनले काँग्रेसले संसद अवरुद्ध पारेर जनताको सार्वभौमसत्ता सम्पन्न निकायको गरिमा समेत कायम राख्न नदिएको भन्दै आक्रोश पनि व्यक्त गरे।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको दुःख हरण गर्दै लगेकोमा काँग्रेस आत्तिएको दावी गरे। उनले रेल ल्याउने, तुईन मुलुकभरबाटै विस्थापित गर्नेलगायतको कामलाई सरकारले तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि दोहो–याए।

प्रधानमन्त्री ओलीले सरकारले समयको अधिकतम सदुपयोग गरिरहेको दावी पनि गरे। समय, बुद्धि, क्षमता, ज्ञानको सदुपयोग गरेर सरकार राष्ट्र निर्माणको अभियानमा जुटेको प्रधानमन्त्री ओलीको भनाई छ। प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र र लोकतान्तिक आचरण र व्यवहार अनुसार अघि बढिरहेको दावी पनि गरे।

२०७५ साउन १२ गते १३:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर