सर्बाधिक कमाउने नेपाली युवा (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १ गते ७:४८

एकै दिन २ करोडमा अनुबन्धित, बार्षिक आम्दानी ५ करोडभन्दा बढी नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अहिलेसम्मकै सर्वाधिक धेरै पारिश्रमिकसहित एकैदिन दुई वटा प्रतियोगिताका लागि अनुबन्धित भएका छन् ।

इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट र यूएईमा हुने टि–टेन प्रतियोगिताका लागि उनी करिव २ करोड रुपैंयामा अनुबन्ध भएका हुन् ।

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा बर्मिङ्घम फिनिक्सबाट खेल्न सन्दीपले १ लाख पाउण्ड अर्थात करिब १ करोड ४६ लाख पाउनेछन् भने टि–टेनमा ४५ हजार अमेरिकी डलर अर्थात् ५१ लाख रुपैयाँ पाउने छन् ।

युएईमा हुने टी टेन लिगमा लामिछानेले कर्नाटकबाट खेल्ने छन् । क्रिकेट खेलेर यत्तिको पारिश्रमिक पाउने संदिप पहिलो नेपाली खेलाडी हुन् ।

थप तथा विस्तृत जानकारीको लागि केन्द्रबिन्दु न्युले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस् …

२०७६ कार्तिक १ गते ७:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर