‘सेन्टी भाइरस’को फस्ट लुक पोस्टर सार्वजनिक, हेर्नुहोस् यस्ता देखिए धुर्मुस

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १९ गते ६:३६

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र सिताराम कट्टेल ‘धुर्मुस’ फिचर्ड छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा धुमुर्स र सुन्तली मुख्य भूमिकामा छन् । चलचित्रमा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारको पनि अभिनय छ ।

ब्यङ्ग्यात्मक कमेडी ‘सेन्टी भाइरस’ फागुन ९ गते प्रदर्शनमा आउने भएको छ । पोस्टर सार्वजनिक सँगै निर्माण युनिटले आज रिलिज डेट पनि तोकेको हो ।

डुन्डु लामाको निर्माण रहेको चलचित्र कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । सानो पर्दा हुँदै समाज सेवामा केन्द्रित धुर्मुस ‘सेन्टी भाइरस’मार्फत कथानक चलचित्रमा होमिएका हुन् ।

२०७६ कार्तिक १९ गते ६:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर