कांग्रेस बैठक सानेपामा सुरु, यी विषयमा हुँदैछ छलफल

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते ५:५१

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरु भएको छ।

शुक्रबार बिहान ११ बजे शुरु भएको बैठकमा महासमिति वैठकको तयारीका सन्र्दभमा केन्द्रित भएर छलफल हुने सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यस्तै लेखा, आर्थिक, अनुशासन लगायत समितिले गठनबारे छलफल बताइएको छ।

सरकारले पछिल्लो ६ महिनामा गरेका कामकारबाही, भदौ १ गतेबाट लागू भएको नयाँ मुलुकी संहिताबारे पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले जनाएका छन्।

भदौ अन्तिमसम्म महासमिति कांग्रेसको महासमितिको बैठक बस्ने तयारी छ ।

२०७५ भदौ ८ गते ५:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर