टिपरको ठक्करबाट सहचालकको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ साउन १३ गते १:४४

मलेखु- धादिङबेंसी सल्यानटार सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १० टारीबेंसीमा शनिबार एउटा टिपर पछाडि हटाउन लाग्दा सहचालकको किचेर मृत्यु भएको छ ।
बा४ख ९९१६ नंको खाली टिपर पछाडि हटाउँदा सोही टिपरका सहचालक ज्वालामुखी गाउँपालिका वडा नं ७ निवासी १९ वर्षीय अतित अधिकारीको मृत्यु भएको हो । गाडीको ठक्करबाट घाइते अधिकारीको उपचारका लागि लाँदालाँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
२०७५ साउन १३ गते १:४४ मा प्रकाशित