छिमेकीको घरमा भोज खाँदा ५० गाउँले बेहोस
आजको खबर | प्रकाशित : २०७५ साउन १३ गते १२:३७

धादिङ। धादिङमा भोज खाएका ५० गाउँले बेहोस भएका छन् । उनीहरूले छिमेकीको घरमा न्वारानको भोज खाएका थिए । यहाँको गजुरी गाउँपालिका–४, गैरीगाउँका करिब ५० जना स्थानीय बेहोस भएका छन् । स्थानीय अनिल चेपाङको घरमा आइतबार अपराह्न भोज खाएलगत्तै उनीहरु हाँस्ने, रुने र बेहोस हुने गरेका थिए ।
गजुरीस्थित ईलाका प्रहरी कार्यालयकाअनुसार अपराह्न खबर आएपछि प्रहरी परिचालन गरिएको छ । वर्षाका कारण उक्त गाउँमा समयमै प्रहरी पुग्न समस्या परेको गजुरीस्थित ईलाका प्रहरी इञ्चार्ज सञ्जय तिमिल्सिनाले बताए । उक्त बस्ती गजुरीबाट करिब ३ घण्टा दूरीमा पर्छ । प्रहरी निरीक्षक तिमिल्सिनाले भोजमा दिइएको मासु वा खाद्यपदार्थमा गाँजा वा चरेस हालिएको प्रारम्भिक आशंका छ ।
२०७५ साउन १३ गते १२:३७ मा प्रकाशित