श्रीमानको गैंती प्रहारबाट श्रीमतीको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ साउन १५ गते ८:४४

पोखरा । कास्कीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका २७ का ६३ वर्षीय कमल कुमालको कुटपिटबाट ५५ वर्षीया श्रीमती सुन्तली कुमालको मृत्यु भएको हो । कमलले मादकपदार्थ सेवन गरी श्रीमतीमाथि गैंतीले प्रहार गरेका थिए । गैंतीले हिर्काउँदा सुन्तलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गैंती प्हाराट घाइते सुन्तलीलाई उपचारका लागि शुशिवा अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
उनीहरुबीच यसअघि पनि घरायसी झगडा हुने गरेको थियो । रक्सी पिउने र श्रीमान–श्रीमतीका बीचमा झगडा हुँदै आएकोमा सोमबार गैंती प्रहारबाट श्रीमतीको मृत्यु भएको हो । कमललाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा चलाएको छ ।
२०७५ साउन १५ गते ८:४४ मा प्रकाशित