३ महिनामा विपद व्यवस्थापनका लागि साढे ७ हजार भन्दाबढि सशष्त्र प्रहरी परिचालन

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १३:०३

काठमाडौँ । सशष्त्र प्रहरीले ३ महिनायता विपद व्यवस्थापनका लागि ७ हजार ७ सय १९ जना जनशक्ति परिचालन गरिएको जनाएको छ।सशष्त्र प्रहरी बलले हाल करिव ३ हजार जनशक्तिलाई तत्काल देशभर परिचालन गर्ने व्यवस्था गरिएको स्पष्ट पारेको छ।

देशका विभिन्न भागमा वर्षासँगै बाढि, पहिरो र डुबानको समस्या बढदै गईरहेका बेला सशष्त्र प्रहरीले करिव ३ हजार जनशक्तिलाई तत्काल देशभर परिचालन गर्ने व्यवस्था गरिएको जानकारी गराएको हो।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सशष्त्र प्रहरीका बलका प्रवक्ता एवम् सशष्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले देशका विभिन्न भागमा रहेका व्यारेकमा गरी ३ हजार जनशक्ति कुनै पनि बेला परिचालन हुने गरी व्यवस्था गरिएको बताए।

उनले प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रदान गर्न दैनिक रुपमा करिव ९ हजारको जनशक्ति परिचालन गरिएको पनि जानकारी दिए। सशष्त्र प्रहरी बलले आपतविपदमा उद्दार कार्यका लागि बनाइएको टोलीलाई चौविसै घण्टा मूल सडकमै तैनाथ गरिएको पनि जनाएको छ।

सशष्त्र प्रहरी बलले यसै महिनाबाट सशष्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७५ स्विकृत भई लागू गरिएको पनि जानकारी गराइएको छ।

प्रवक्ता पाण्डेले सेवा प्रवाह र सुशासन कायम राख्न सशष्त्र प्रहरी बेलको उचित व्यवस्था गरिएको पनि स्पष्ट पारे। सशष्त्र प्रहरीले सिधै सम्पर्क गर्न हटलाईन सेवा ४२८७३४७ को पनि व्यवस्था गरेको छ।

सशष्त्र प्रहरीले हाल विद्यमान ५ वटा बाहिनीहरुको संख्या वृद्धि गरी ७ प्रदेश र उपत्यकामा गरी ८ वटा बाहिनी रहने व्यवस्था पनि गरेको छ। त्यसैगरी सरुवा प्रणालीको नीति बनाई सशष्त्र प्रहरी अधिकृतहरुको सरुवा गर्ने व्यवस्था पनि गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए।

२०७५ साउन १५ गते १३:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर