भारु नोट साट्नेको संख्या घट्यो

आजको खबर   |    प्रकाशित : २०७५ साउन १६ गते ०:५८

काठमाडौं । भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटको बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ ।

पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको आजको नागरिक दैनिकमा खबर छ ।

भारत जाँदा भारु नोटको सट्टा विद्युतीय प्रणालीबाट कारोबार गर्ने चलन बढेपछि नगद लिन आउने क्रम घट्दै गएको राष्ट्र बैंक, बैंंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक झलकशर्मा आचार्यले बताए ।

नेपालमा भारु साट्ने क्रम घटेसँगै राष्ट्र बैंकले भारु ल्याउन कम गरिसकेको छ । बैंकले गत आर्थिक बर्षमा आठ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याउन योजना बनाएको थियो ।

तर, माग कम भएकाले ६ अर्ब रुपैयाँ बरारबरका भारु नोट मात्र ल्यएको कार्यकरी निर्देशक आचार्यले बताए ।

२०७५ साउन १६ गते ०:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर