साहित्यकार तथा पत्रकार शर्माद्धारा पाँच लाखको अक्षयकोष स्थापना
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते ३:०९

पर्वत । साहित्यकार तथा पत्रकार सरस्वती शर्मा ‘जिज्ञाशु’ले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख पाँच हजार ५०५ रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन् । शर्माले आफू ५० वर्षमा प्रवेश गरेको अवसरमा उक्त अक्षयकोष स्थापना गरेकी हुन्।
अक्षयकोषमार्फत् विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग, पुरस्कार वितरण तथा विभिन्न सामाजिक कार्य गर्ने उनले बताईन् ।
एक दशकदेखि कुश्मामा साहित्य सिर्जना र पत्रकारिता गर्दै आएकी शर्माले आफ्नो जन्मोत्सवमा पत्रकार राजेन्द्र पहाडी, साहित्यकार कृष्णदेवी श्रेष्ठ र समाजसेवी मानकुमारी गिरीलाई सम्मानसमेत गरिन् ।रासस
२०७५ साउन १६ गते ३:०९ मा प्रकाशित