मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटना

आजको खबर   |    प्रकाशित : २०७५ साउन १६ गते ४:०९

एजेन्सी। मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटना भएको छ। मेक्सिकोको ग्वादालुपे अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको एरोमेक्सिकोको एएम २४३१ विमान दुर्घटना भएको हो।

तर विमान दुर्घटना भएपनि कुनै मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छन्। दुर्घटनामा परी ८५ जना घाईते भएका छन् भने दुई जनाको अवस्था गम्भिर रहेको जनाइएको छ।

उडेको केही मिनेटमै दुर्घटना भएको उक्त विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार खराब मौसमका कारण विमान दुर्घटना भएको हो।

२०७५ साउन १६ गते ४:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर