बाँसबारीमा भीषण आगलागीः आधा दर्जन दमकल प्रयोग गरी आगो नियन्त्रण (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज १३ गते १६:५४

काठमाडौँ । शनिबार साँझ काठमाडौं चक्रपथ नजिकै बासबारीस्थित टायल एवं हार्डवेयर गोदाममा आगलागी हुँदा गोदाम पूरै नष्ट भएको छ।

साँझ करिव ७ बजे लागेको आगो करिब २ घण्टाको संघर्ष पछि ९ बजे राती नियन्त्रणमा आएको थियो। महाराजगञ्जस्थित अष्ट्रेलियन एम्बेसी नजिकै मुल सडक छेउमै आगो लागेको हो।

क्षतिको यकिन विवरण आएको छैन। मानवीय क्षती छैन। आधा दर्जन बढी दमकलको परिचालनमा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्।

गोदाममा धेरैजसो शौचालय निर्माण सामग्री थिए। पारलमा बेरिएका टायलजन्य सामग्री पूरै जलेका छन्।

(भिडियो)

२०७५ असोज १३ गते १६:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर