कलेजो प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते १३:२०

काठमाडौँ। कलेजो खराब भएपछि उपाचार गराइरहेका कर्ण बहादुर मोक्तानले आर्थिक सहयोग गर्न अपिल गरेका छन्।
नमोबुद्ध नगरपालिका वडा नं. ५ डाडागाउँ, काभ्रेका मोक्तानले कलेजो प्रत्यारोपणका लागि आर्थिक क्षमता कमजोर भएको भन्दै सहयोग गर्न अपिल गरेका हुन्।
उनको अहिले काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारका लागि ३० लाख भन्दा बढी लाग्ने जनाइएको छ। मोक्तानले यदि कसैले सहयोग गर्न चाहेमा राष्ट्रिय वाणिज्य बैंकमा रहेको उनको खातामा सहयोग गर्न सकिने बताएका छन्।
साथै उनले आफ्नो खाता नं. १४२००३२७४३१० रहेको बताएका छन्। मोक्तानले आफूलाई सम्पर्क गर्न चाहेमा मोबाइल नं. ९८४१८३३४६९ मा पनि कल गर्न सकिने बताए।
२०७५ साउन १६ गते १३:२० मा प्रकाशित