आज बिहानै कैलालीमा बस दुर्घटनामा हुँदा २५ जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ११ गते २:४५

प्रतिनिधिमुलक तस्बीर

धनगढी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना ६ ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए।

घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ।दुर्घटनाबाट पुलमा क्षति पुगेको छ।

२०७५ मंसिर ११ गते २:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर