२५ हजार घुससहित मालपोत प्रमुख रंगे हात पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते १३:५१

तेह्रथुम । तेह्रथुममा २५ हजार घुससहित मालपोत कार्यालयका निमित्त प्रमुख रंगे हात पक्राउ परेका छन्।

जिल्लाको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हजार घुससहित रंगेहात पक्राउ परेका हुन्।

उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले दाहाललाई नियन्त्रणमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रहरी सहायक निरीक्षक देवराज काफ्लेले बताए।

मालपोत कार्यालयको निमित्त प्रमुखको कार्यरत दाहाल नायब सुब्बा हुन्। उनलाई जग्गा रजिष्ट्रेशनमा सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ।

२०७५ साउन १८ गते १३:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर