रुघाखोकी मात्र हैन ग्यास्ट्रिक पनि च्वाट पार्ने अचुक औषधी : ज्वानो !

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १०:२४

सबैका भान्छाहरूमा बेलामौकामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । ज्वानोमा पोषक तत्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम, र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छ ।

यसले मुख्यरूपमा शरीरमा पाचन प्रणालीका अंगहरूलाई मजवुत बनाउँछ । यसमा रहेका विभिन्न रसायनिक तत्वहरूले पाचन अंगहरूमा ग्रन्थीहरूमार्फत रस निकाल्न मद्दत पु¥याउछन् । यसमा वातनासक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू जस्तै जोर्नीका दुखाई कम गर्न मद्दत गर्नुका साथै शारीरिमा हुने अन्य दुखाईलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ ।

ज्वानो धूलो विहान–बेलुका तातोपानी सँग १–१ चम्चा सेवन गर्नाले ग्यास्ट्रिक ठिक हुँदै जान्छ ।

धेरै मानिसहरूले रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वासप्रश्वास एवं रुघाको समस्याका लागि उपयोगी छ । सुत्केरी हुँदा ज्वानोको झोल बनाएर खुवाउने त हाम्रो समाजको पुरानो चलन नै हो । सुत्केरीहरूको स्वास्थ्यको दृष्टिकोणले यसको झोल लाभदायी मानिन्छ । महिलाहरूलाई बेलाबेलामा हुने पीडादायी महिनावारी तथा प्रसुति ज्वरमा पनि विभिन्न आयुर्वेदिक समिश्रण औषधीका साथ प्रयोग गरिन्छ । ज्वानोले पेटको पीडा एवं ग्यास हटाउने, जुका मार्न आदिमा औषधीको रूपमा पनि प्रयोग गरिन्छ ।

२०७५ साउन १९ गते १०:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर