प्रदेश २ मा सबैभन्दा बढी बालविवाह
आजको खबर | प्रकाशित : २०७५ साउन १९ गते १४:५१

जनकपुर। महिला हिंसा न्युनिकरणका लागि प्रदेश नं २ को प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान चलाए पनि त्यसको प्रभाव शुन्य प्रायः देखिएको छ।
प्रदेश सरकारले यो अभियानलाई व्यापक रुपमा प्रचार गरि महिला हिसां न्युनिकरण गर्ने लक्ष्य राखेपनि यसको प्रभाव नदिएको हो।
बालविवाह अन्त्य राष्ट्रिय सञ्जालले शनिवार जनकपुरमा सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश २ मा उमेर नपुग्दै छोरीहरुको विवाहको संख्या सबैभन्दा बढि रहेको छ।
तथ्याकं अनुसार आठ जिल्ला मध्ये सप्तरीमा सबै भन्दा बढि ८२ प्रतिशत बालिकाहरुको कलिलो उमेरमै विहे हुने गरेको छ। दोस्रो स्थानमा रौतहट जिल्ला परेको छ । रौतहटमा ६१ प्रतिशत बालिकाहरु शिक्षा पाउने उमेरमा वैैवाहिक बन्धनमा बाँधिने गरेका छन्।
बालविवाहको तेस्रो बढि समस्या भएको जिल्ला धनुषा परेको छ । नेपाल विश्वमै सबैभन्दा बढि बालविवाह हुने देशहरुमा दोस्रो स्थानमा रहेको छ। यहाँ ३९.५ प्रतिशत बालविवाह हुने गरेको र त्यसमा पनि तराईमा ९६ प्रतिशत र पहाडमा ८९ प्रतिशत बालविवाह हुने गरेको तथ्यांकले प्रष्ट गरेको छ।
महिला हिंसाको बिबिध मध्ये एक मुख्य कारकको रुपमा रहेको बालविवाह न्युनीकरणका लागि अझै प्रयास थालिनु पर्ने तथ्यांकले देखाएको छ।
बालविवाह जस्तो सामाजिक कुरिती व्याप्त प्रदेश २ मा यसको न्यूनिकरणका लागि प्रदेश सरकारले रणनीतिक योजनाहरु ल्याएर कार्यान्वयन गर्नुको साटो मात्र प्रचारमुखी क्रियाकलाप गरिरहेको सरोकारवालाहरुको आरोप छ।