आठ महीने गर्भवती महिलामाथि आठ जनाले गरे सामुहिक बलात्कार

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते ११:४७

भारतको महाराष्ट्रमा सांगली जिल्लामा क्रुर घटना घटेको छ । गत मंगलबारको दिन आठ महीने गर्भवती महिलालाई आठ व्यक्तिले बलात्कार गरेको घटना बाहिरिएको हो । धेरै बलात्कारका घटना हुने भारतमा अर्को दर्दनाक घटना घटेको हो । भारतीय प्रहरीका अनुसार २० वर्षीय महिला आफ्नो पतिसँगै भएको समयमा ८ व्यक्तिको समुहले बलात्कार गरेका थिए । महिलाका पति एक होटलको मालिक थिए ।

आफुलाई काम गर्ने मान्छे चाहिएको हुँदा पिडित दम्पति भारतीय २० हजार रुपैया सहित आरोपी भएको ठाउँमा पुगेका थिए । तर त्यहाँ आरोपी व्यक्तिको समूहले पिडित महिलाको पति माथि कुटपिट गरेर कारमा थुनीदिएका थिए । पतिलाई कारमा थुने पछि पिडित महिलाको सामुहिक बलात्कार समेत गरेको बुझिएको छ ।

उनिहरुको होटलको लागि एक काम गर्ने दम्पति चाहिएकोमा एक आरोपीले आफुसँग खोजेको जस्तै दम्पति भएको फोनमा पिडित महिलाको पतिलाई बताएकी थिइन् । बलात्कार पछि आरोपी व्यक्तिहरुले यस घटना प्रहरी सम्म पुगेमा ज्यान लिने समेत धम्कि दिएको बुझिएको छ । अहिले प्रहरी आरोपीहरुको खोजि गर्दै रहेको छ ।

२०७५ साउन २० गते ११:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर