दशैं विदामै ८ वटा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन परे सर्वोच्च अदालतमा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ५ गते ७:५७

काठमाडौं। वडादशैंको बेलामा मात्रै सर्बोच्च अदालतमा ८ वटा रिट निवेदन नै परेका छन्। सर्वोच्च अदालतमा ८ वटा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन परेका हुन्। घटस्थापनाका दिनदेखि सोमबारसम्म सर्वोच्च अदालतमा परेका ८ वटा बन्दी प्रत्यक्षीकरणका रिट मध्ये ४ वटा रिट निवेदनमा फैसला भई रिट खारेज भएका छन्।

त्यसैगरी ३ वटा रिट निवेदनका सम्बन्धमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएर बन्दीहरु छुटेको सर्वोच्चका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए। साथै एउटा बन्दी प्रत्यक्षीकरणको रिटकोे सम्बन्धमा सोमबार इजलास तोकिएको छ। टंकबहादुर खड्काको हकमा सविना खड्काले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सम्बन्धमा सोमबारका लागि इजलास तोकिएको उनले जानकारी दिए।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ मा न्यायलयमा ३ दिन भन्दा बढी सार्वजनिक विदा भएमा बन्दी प्रत्यक्षिकरणको मुद्दा हेर्नका लागि पूर्ण इजलासबाट न्यायाधिश तोक्ने व्यवस्था छ।

सोही व्यवस्था अनुसार १५ दिने सार्वजनिक विदाकै क्रममा परेका बन्दी प्रत्यक्षीकरणका रिट निवेदन हेर्नका लागि सर्वोच्च अदालतको पूर्ण बैठकबाट न्यायाधाीशहरु प्रकाश मान सिंह राउत, विश्वम्भर प्रसाद श्रेष्ठ, केदार प्रसाद चालिसे, दिपकराज जोशी र सपना प्रधान मल्ल तोकिएका थिए।

२०७५ कार्तिक ५ गते ७:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर