पत्नी नभएको मौका पारेर बाबुले गरे छोरीको बलात्कार

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १४:२६

वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिका-५ मा बालिकालाई बलात्कार भएको छ। सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ।

बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। ‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गोठाला गएका रहेछन् र जेठी छोरीलाई घर बोलाएर जबर्जस्ती करणी गरेको पाइयो’ प्रहरी निरीक्षक न्यौपानेले भने।

पीडित बालिकाको स्वास्थ्य उपचारका लागि मेहेलकुना अस्पतालमा राखिएको छ। आइतबार बिहान घटनास्थल पुगेर प्रहरीले पीडकलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ।

२०७५ साउन २१ गते १४:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर