आफ्नो बच्चालाई कसरी नुहाइदिँदै आउनुभएको छ ? अब अपनाउनुहोस् यस्तो तरिका

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते २३:४८

काठमाडौं । बच्चाहरु संवेदनशील हुन्छन् । उनीहरुको लागि गरिने काम तथा हेरविचारमा विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ ।

बच्चालाई नुहाइदिने काम हेर्दा सजिलो भए पनि झन्झटिलो र अप्ठ्यारो हुन्छ । बच्चालाई नुहाइदिदा गरिने गल्तीले उसलाई हानी पनि गर्न सक्छ ।

बच्चाले नुहाइसकेपछि उसलाई चिसो लाग्ने या अरु समस्या आउन सक्ने हुँदा नुहाइदिनु भन्दा अगाडी नै नुहाईदिइसकेपछि लगाइदिने डायपर, क्रिम, तौलिया, लुगा सबै तयार गर्नुपर्छ , अनि मात्र नुहाइदिने तयारि गर्नुपर्छ । नुहाइदिनको लागि मनतातो पानी तयार गर्नुपर्छ । त्यसपछि बच्चालाई बेबी बाथ टव र बाथ टव छैन भने एउटा ठूलो बाटामा राखेर नुहाइदिन सकिन्छ । बच्चालाई आराम हुने तरिकाले राख्नुपर्छ ।

नुहाइदिन सुरु गर्दा सुरुमा बच्चाको खुट्टाबाट सुरु गर्नुपर्छ । यसो गर्दा उनीहरुलाई रमाइलो लाग्छ र रुँदैनन् । त्यसपछि बच्चाको छाती र पेटमा अनि मात्र ढाडमा नुहाइदिनुपर्छ। बच्चालाई नुहाइदिने समयमा बच्चाको शरीरमा सिधै पानी राखिदिनु हुँदैन । बच्चाको शरीरमा आफ्नो हात राखेर आफ्न हात माथी पानी पार्नुपर्छ ।

अन्तिममा टाउको नुहाइदिनुपर्छ र केही छिन उनीहरुलाई पानीमा हात खुट्टा खेलाउन दिन पनि सकिन्छ।

 

२०७५ साउन २३ गते २३:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर