अब यसरी पत्ता लगाउनुहोस् हराएको फोनको लोकेसन र लक !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते १४:५६

मोबाइल हरायो भने हामी अत्तालिन्छौ अनि अनेकौ मोबाइलबाट हराएको मोबाइलमा कल गर्न थाल्छौ । तर त्यति बेलासम्म उक्त मोबाइल अरु कसैले अफ गरेर सिम निकाली सकेको हुन्छ । हाम्रो मोबाइलमा अनेकौ महत्वपुर्ण तथा गोप्य कुराहरु राखेका हुन्छु । मोबाइल हरयेको बेलामा उक्त मोबाइलको गोप्य कुरालाई कसरी हटाउनु भनेर पनि समस्या आउन सक्छ । एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने हुन्छ ।

१. पहिला एन्ड्रोइड डिभाइस मेनेजर को वेबसाइट www.google.com/android/devicemanager मा साइन–इन गर्नुहोस र तपाइको मोबाइल नै सेलेक्ट भएको छ भनेर पक्का गर्नुहोस ।

२. अब यहाँबाट तपाइको मोबाइलको लगभग वरपरको लोकेसन देखिन थाल्छ । तपाइले अब फोन लक गर्न, डाटा इरेज गर्न, डिफाइस रिङ गर्न सक्नुहुन्छ । यसो गर्दा तपाइको फोन साइलेन्टमा भएपनि ५ मिनेटसम्म लगातार रिङ गर्छ ।

३. आउदा दिनमा आफ्नो फोनलाई छिटै भेटाउनकालागि गुगलमा गएर “फाइन्ड माइ फोन” अप्सन प्रयोग गर्न सकिन्छ ।

२०७५ भदौ ३ गते १४:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर