मोदी नेपालमै भएको बेला किन आए राहुल गान्धी काठमाडौं ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १५ गते १२:४४

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी बिम्स्टेक सम्मेलन चलिरहेकै बेला शुक्रबार काठमाडौं आएका छन् । उनी आज दिउँसो आएका हुन।

राहुल कुनै राजनीतिक भ्रमणका लागि नभएर निजी भ्रमणका लागि नेपाल आएको बताइएको छ । उनी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर जाने बुझिएको छ। गान्धी इन्डिगोको जहाजबाट आज दिउसो काठमाडौं आएका हुन्।

बिम्स्टेकको चौथो सम्मेलनमा सहभागी हुन आएका नरेन्द्र मोदी भने आज स्वदेश फर्किदै छन् । गान्धी सामान्य ढंगले दुई सहयोगीको साथमा नेपाल आएका हुन् । आज काठमाडौंमै बस्ने र भोलि नेपालगञ्ज जाने कार्यक्रम रहेको बताइएको छ।

२०७५ भदौ १५ गते १२:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर