स्वयम्भूमा कारभित्र युवाको शव भेटियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते ५:५३

काठमाडौं । बिहिबार बिहान स्वयम्भू मन्दिर नजिक पार्किङमा राखेको कारभित्र युवाको शव फेला परेको छ ।

पार्किङमा रहेको कारभित्रबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै महानगरीय प्रहरी वृत स्वयम्भूबाट खटिएको प्रहरी टोलीले कारभित्र एउटा शव फेला पार्यो ।

प्रहरीले मन्दिर पश्चिम भागमा रहेको पार्किङ स्थलमा रोकिराखेको बा ८ च ७०२१ नम्बरको निजी कारमा युवाको शव फेला पारेको हो। प्रहरीका अनुसार शव काठमाडौँ, नैकापका ३२ वर्षीय श्याम श्रेष्ठको हो ।

हत्या गरेर श्रेष्ठको शव कारको पछिल्लो भागमा राखेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

२०७५ भदौ २१ गते ५:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर