गोरखाबाट सम्पर्कविहीन अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २३ गते ६:०९

काठमाडौं । गोर्खाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर फेला परेको जनाईएको छ । गोरखाको मनास्लुमा पर्यटक छाडेर फर्कँदै गर्दा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टरमा कति जना सवार थिए र कस्तो अवस्थामा फेला परेको भन्ने विस्तृत विवरण भने आउँन बाँकी छ ।

दुर्घटनाग्रस्त भनिएको स्थानमा नुवाकोट र धादिङ दुवै जिल्लाबाट प्रहरी परिचालन गरिएको र प्रहरी घटनास्थलमा पुगेपछि मात्रै विस्तृत जानकारी आउने धादिङका प्रम्ख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताए ।

२०७५ भदौ २३ गते ६:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर