मसाज, डान्स बारमा हुने अश्लीलता नियन्त्रण गर्ने अधिकार हामीलाई छैन : नेपाल प्रहरी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २५ गते १२:१९

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौंको मसाज, डान्स, बारहरुमा हुने अश्लीलता नियन्त्रण गर्ने कानुनी अधिकार आफ्नो संगठनलाई नरहेको स्पष्ट पारेको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंको मसाज, डान्स, बारहरुमा हुने अश्लीलता नियन्त्रण गर्ने कानुनी अधिकार आफूहरुसँग नरहेको प्रष्टयाएका हुन्।

समाजमा अश्लीलता हुन नदिन आफूहरुले मसाज, डान्स, बारहरुमा छापा मार्ने गरेपनि त्यसलाई नियन्त्रण गर्न स्थानीयले साथ नदिएकोमा महानिरीक्षक खनालको असन्तुष्टि छ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रहरीले महिला, बालबालिका बेचविखन हुन नदिन सक्दो पहल गरिरहेको दावी गरे।

उनले उजुरी नै नभएका कारण मानव बेचबिखनको घटना हुन नदिन प्रहरीले आवश्यक पहलकदमी लिन नसकेको पनि बताए। महानिरीक्षक खनालले नेपाल प्रहरीले अपराध नियन्त्रणमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको दावी पनि गरे।

२०७५ भदौ २५ गते १२:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर