पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि सञ्चालनमा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २६ गते १६:०८

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झण्डै १८ घण्टापछि सञ्चालनमा आएको छ । मंगलबार बिहान साढे ६ बजेदेखि अवरुद्ध बनेको सडक आज बेलुका ७ बजेदेखि सञ्चालनमा आएको हो ।

सडक सुचारु भएसँगै दुईतर्फी रुपमा गाडि सञ्चालनमा आएको हो । गयराति १ बजे देखिनै अबरुद्ध भएको सडकमा यात्रुलाई सास्ती भएको थियो । पानि परेसँगै चारकिलोको माथिबाट खसेको पहिरोले गर्दा सडक आज दिन भरि अबरुद्ध बनेको हो ।

पहिरो पन्छाउन समय लागेकाले १८ घण्टापछि सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिङ सडकमा पटकपटक खस्ने पहिरोले सडक अबरुद्ध हुदा यात्रुहरुले सास्ती पाउँने गरेका छन।

२०७५ भदौ २६ गते १६:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर