विश्वविद्यालयमा आदर्श बुहारी बन्ने पढाइ सुरु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २९ गते ११:४०

काठमाडौं। हरेक मातापिताले आफ्नो छोराको बिहे गर्दा एक आदर्श बुहारीको आशा गरेका हुन्छन् । र, हरेक युवती पनि विवाह गरेर श्रीमानको घर गएपछि आदर्श बुहारी बन्न चाहन्छन् । तर, दुवै पक्षको कुरा नमिल्दा अभिभावकले अपेक्षा गरेअनुसार आदर्श बुहारी नपाउने वा नवविवाहिता पनि आदर्श बुहारी बन्न नसक्ने समस्या हाम्रो देशमा छ । अब भने यो समस्याबाट छुटकारा पाइने भएको छ । एक विश्वविद्यालयले आदर्श बुहारी बनाउने पढाइ सुरु गरेको छ ।

खास कुरा त के भने यो विश्वविद्यालयमा आदर्श बुहारीको कोर्सबाट नेपाली युवतीहरु सजिलै लाभान्वित हुन सक्छन् किनकि यो विश्वविद्यालय नेपालबाट धेरै नजिक छ । छिमेकी देश भारतको बिहार राज्यमा रहेको बरकतुउल्लाह विश्वविद्यालयले आदर्श बुहारीको लागि ३ महिनाको कोर्स सुरु गरेको छ । नेपाल र भारतको संस्कृतिसमेत लगभग मिल्दोजुल्दो भएको र पछिल्लो समय नेपालको संस्कृति भारतीय संस्कृतिबाट प्रभावित रहेकोले यो कोर्स नेपालको लागि पनि उपयुक्त हुनेछ । यो कार्स ३ महिनासम्म पूरै पढ्ने युवती आदर्श बुहारी बन्न सक्ने विश्वविद्यालयको दावी छ । विश्वविद्यालयले त यो कोर्स महिला सशक्तिकरणको क्षेत्रमा अघिल्लो कदम भएको समेत बताएको छ ।

३ महिनाको यो कोर्स यसै शैक्षिक सत्रदेखि सुरु हुनेछ । विश्वविद्यालयका कुलपति प्रोफेसर डिसी गुप्ताका अनुसार यो कोर्सको उद्देश्य युवतीहरुलाई जागरुक गर्नु हो जसबाट उनीहरुले नयाँ माहोलमा आफूलाई सजिलैसँग ढाल्न सकुन् । विश्वविद्यालयको नाताले समाजप्रति आफ्नो केही कर्तव्य हुने उल्लेख गर्दै गुप्ताले भने ‘हाम्रो उद्देश्य यस्ता बेहुली तयार गर्नु हो जसले २ परिवारलाई जोडेर राख्न सकुन् ।’ यो कोर्स मनोविज्ञान, समाजास्त्र र शिक्षा विभागको संयुक्त परियोजनाको रुपमा अगाडि बढाइएको छ ।

२०७५ भदौ २९ गते ११:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर